शनिबार, पुस ५, २०८२

बयरवन महिला सहकारीको अध्यक्षमा पुन: रेणु कुमारी

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

सुनसरी- बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: रेणु कुमारी तिम्सिना कार्की सर्वसम्मत निर्वाचित भएकी छन्।

National life

शुक्रबार सम्पन्न १० औं वार्षिक साधारणसभामा अध्यक्ष तिम्सिना र उपाध्यक्ष बिष्णुमाया कार्कीलाई सहकारीका सदस्यहरुले दोश्रो कार्यकालको लागि चयन गरिएको निर्वाचन समिती संयोजक शान्तिराम खतिवडाले बताए।

बराहक्षेत्र नगरपालिका वडा २ स्थित महिलाहरुको सहकारी संस्थाममा ११ सदस्यीय संस्थाको नयाँ  सदस्यहरुमा शारदा मिश्र, रेखा धामी, रेनुका श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता पौडेल,लिला खडका, पुनम कुमारी कार्की, तारा देवि ढकाल र धन कुमारी देवि सुवेदी रहेको खतिवडाले बताए।

यसैगरी समितिको लेखा संयोजक प्रमिता अधिकारी चौहान सदस्यहरुमा कमला शर्मा र पुर्णकला राई रहेकी छन्।

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंक धरान शाखा प्रमुख मुना घिमिरे, विशिष्ट अतिथिहरु चतरा सामुदायिक उद्देश्यिय  सहकारीका अध्यक्ष सीता भण्डारी पौडेल, बसन्तऋतु कृषि सहकारी अध्यक्ष दुर्गादेवी बुढाथोकी लगायत अतिथिहरुले संस्थाको जेष्ठ नागरिक शेयर सदस्यहरु गया धामी, टिकादेवी थापा,देउमाया थापा मगर,दिल कुमारी राई, धनमाया विष्ट बस्नेत,प्रेम कुमारी कटवाल, रणमाया राई, प्रमिला श्रेष्ठ र धनमाया राईलाई सम्मान पत्र र बर्को ओढाएर सम्मानित गरेका थिए।

Laxmi sunrise bank
kumari

सहकारीले  ६४५ जना सेयर सदस्यहरुलाई स्वरोगार मुखी र आत्मनिर्भर बनाउन  विभिन्न तालिम संचालन गर्दै आएको छ।

प्रकाशित: Dec 10, 2024| 16:58 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्