बुधबार, साउन १३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस १९ गते बिहीबार कहाँ के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

साढे ३३ किलो सुनकाण्ड : 'ठूला माछा' लाई यसरी जोगाउँदैछ सरकार 

साढे ३३ किलो सुन तस्करी प्रकरणमा 'ठूलो माछा' खोजिरहेको केपी ओली नेतृत्वको सरकार 'ह्वेल' नै अगाडि आएपछि तर्सिएको छ। तस्करीका बादशाह मानिने दीपक मलहोत्रा 'ह्वेल' बनेर अगाडि आएपछि उक्त प्रकरण अनुसन्धानमा सरकार पछाडि हटेको हो।

पूर्वमुख्य न्यायाधीश पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन

वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

'अभियोग लाग्दैमा कोही दोषी हुँदैन', थपिए १५ सार्वजनिक विदा

सूचना तथा सञ्‍चारमन्त्री गोकुल बास्कोटाले सरकारको बचाउ गर्दै अभियोग लाग्दैमा कोही दोषी नहुने बताएका छन्। बिहीबार सिंहदरबारमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले वाइड बडी खरिद प्रकरणमा दोषी भनिएकाहरु अहिले नै दोषी प्रमाणित भइनसकेको बताएका हुन्। 

भैरहवामा नौ महिनापछि अन्तर्राष्ट्रिय उडान 

अबको ९ महिनाभित्र अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिइने भएको छ। 

शपथपछि श्रीमती खुसी, के भन्छन् रेशम?

रेशम चौधरीको शपथको समाचारले बिहीबार मुलुकलाई नै तरंगित बनायो। बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको निजि सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएपनि सभामुखको व्यस्तताका कारण शपथको समय सारियो दिउँसो तीन बजे।

रेशमले लिए शपथ, फेरि जेलमै बस्नुपर्ने

जघन्य टिकापुर कान्डले मुख्य नाइके भनिएका रेशम चौधरीले शपथ ग्रहण गरेका छन्। सभामुख कृष्ण महराले बिहीबार निजी सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

लागूऔषध कारोबारीको 'हब' बन्दै नेपाल

धादिङको गजुरी गाउँपालिका-१ गजुरीबाट चितवन हुँदै भारततर्फ लैजाँदै गरेको दुई सय ३५ केजी चरेससहित बिहीबार भारत उत्तर प्रदेशका सतेन्द्रसिंह वेगाल र पर्सा सोनवर्षा-५ का लालमोहम्मद गाद्धी पक्राउ परे।

‘सिद्धान्तअनुसार लोकतन्त्रको अभ्यास भएन’

मुलुकमा लोकतन्त्र आए पनि सैद्धान्तिक रुपमा अभ्यासमा आउन नसकेको राजनीतिज्ञ तथा बुद्धिजीवीले बताएका छन्। नेपल समय मिडिया प्रालिले बिहीबार जनकपुरमा आयोजना गरेको ‘लोकतन्त्र र विकासमा जनसहभागिता’ विषयक छलफलका सहभागीले यस्तो बताएका हुन्।

'कानुन बनाएर मात्र छुवाछुत अन्त्य नहुने’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ऐन कानुन बनाएरमात्र जातीय भेदभाव तथा छुवाछुत अन्त्य नहुने दाबी गरेका छन्। राउतले छुवाछुत तथा भेदभाव अन्त्य गर्न कानुन कार्यान्वयन निकाय इमान्दार हुनुपर्नेमा जोड दिएका छन्।

किन घट्यो अलैंची र जुत्ताचप्पल निर्यात ?

निर्यातको प्राथमिकतामा राखिएको नेपाल व्यापार एकीकृत ‘एनटिआइएस’ अन्तर्गतका अलैंची, छाला र जुत्ताचप्पल निर्यात घटेको छ। सरकारले आयात प्रतिस्थापन गर्ने भन्दै व्यापार कम गर्ने वाणिज्य नीति लिएर ०७२ सालमा नेपाल व्यापार एकीकृत ‘एनटिआइएसमा’ विभिन्न कृषि तथा सेवाका वस्तुहरु समेटेको थियो।

मुआब्जाको लफडाले हुलाकी राजमार्गको निर्माण ठप्प

हुलाकी राजमार्ग अन्तर्गत मानमत–कलैया–मटिअर्वा  सडक खण्डको मुआब्जा बढाउनुपर्ने माग अघि सार्दै स्थानीयले निर्माणाधीन परियोजनामा अवरोध शुरु गरेका छन् ।

छुट प्याकेजसहित सुरु हुँदैछ इलाममा नेपालकै पहिलो लगानी सम्मेलन

इलाम नगरपालीकाले यही पुष २० गतेबाट लगानी सम्मेलन आयोजना गर्दैछ।  स्थानीय सरकारले गरेको यो नै ‘नेपालको पहिलो’ लगानी सम्मेलन भएको आयोजकको दाबी छ।

प्रदेश २ का सांसदले गरे घरभाडा फिर्ताको घोषणा

जनकपुरमै घर भएका सांसदहरुले समेत घरभाडा वापत पैसा लिइरहेको समाचार सञ्चारमाध्यमहरुमा आएपछि प्रदेश २ का एक सांसदले पैसा फिर्ता गर्ने घोषणा गरेका छन्।

ए डिभिजन लिग : गोल भन्दा ‘कार्ड’ बढी

सहिद स्मारक ए डिभिजन लिग फुटबलको अब अन्तिम चरणको खेल मात्र बाँकी छ। लिगमा बुधबार १२औं चरणका खेल सकिएका छन् । ११ औं चरणको खेल खेल्दै मनाङ मस्र्याङ्दी क्लबले उपाधि चुम्यो। दुई खेल अगावै मनाङले लिगमा अपराजित रहदै लिगको उपाधि जितेको छ।

खप्तड गोल्डकपमा १२ टिम : उद्घाटन खेल आयोजक सुप-११ र मेची नेत्रालय भिड्ने

देशकै सर्वाधिक धनराशिको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २४ गते देखि सुरु हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बिहीबार धनगढीमा आयोजना गर्दै सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

भर्जिन ट्रेनको ट्‍वाइलेटमा भेटियो महिलाको भित्रि वस्त्र

नेपाली समाजमा सभ्यताको विषय उठ्दा प्राय विदेशको उदाहरण दिने गरिन्छ।  तर, युकेजस्तो सभ्य मानिएको देशमा पनि एक अनौठोे घटना घटेको छ।  ट्रेनको ट्वाइलेटमा फलस राम्रोसँग हुन सकेन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।