बिहीबार, पुस ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

 |  सोमबार, मंसिर २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

ntc landingntc landing

लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ।

himalayan bank box

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ) मार्फत सेवा लिन सक्नेछन्। स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ। हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

 

प्रकाशित: Dec 09, 2024| 16:09 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्