मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खप्तड गोल्डकपमा १२ टिम : उद्घाटन खेल आयोजक सुप-११ र मेची नेत्रालय भिड्ने

खप्तड गोल्डकपमा १२ टिम : उद्घाटन खेल आयोजक सुप-११ र मेची नेत्रालय भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
धनगढी- देशकै सर्वाधिक धनराशिको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २४ गते देखि सुरु हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बिहीबार धनगढीमा आयोजना गर्दै सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न बाँकी रहेको तर अन्य तयारी पुरा भएको सकिएको अध्यक्ष हमालले बताए ।

प्रतियोगिताका लागि प्रायोजक उपसमितिमा बाबुराजा श्रेष्ठ, आर्थिक उपसमितिमा  योगेन्द्र चन्द, टिकट उपसमितिमा धुव्र बराल, मिडियामा उपसमितिमा ओम चन्द, कार्यालय तथा सचिवालय उपसमितिमा देवेन्द्र जोशी, मैदान मर्मत उपसमितिमा चक्र मल्ल, होटल व्यवस्थापन उपसमितिमा तेन खड्का, पार्किङ व्यवस्थापन उपसमितिमा खड्ग शाह र ब्यानर व्यवस्थापन उपसमितिमा राजेश श्रेष्ठ संयोजक तोकिएका छन् ।

पत्रकार सम्मेलनमा आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । सुन्तला र नीलो रङगा दुई वटा जर्सी सार्वजनिक गरिएको हो । क्लबको नाम नै नेपाल आइस सुदूरपश्चिम-११ स्पोर्टस क्लब रहने भएको छ ।

प्रतियोगितामा आयोजकबाहेक देशका विभिन्न स्थानका तीन क्लब सहित ९ वटा ए डिभिजन क्लब तथा दुई विदेशी टोली सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबसहित ए डिभिजन क्लब मनाङ मस्याङ्दी, थ्री स्टार, संकटा, च्यासल युथ क्लब, विभागीय टिम नेपाल पुलिस, नेपाल एपिएफ क्लब सहभागी हुनेछन् । 

त्यसैगरी गोर्खा ब्वाइज स्पोर्टस रुपन्देही, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने निर्णय दिइसकेको हमालले बताए । विदेशबाट भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लबले सहभागिता जनाउने छन् । 

प्रतियोगिताको उद्घाटन खेल आयोजक सुप-११ स्पोर्टस क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् । सहभागी १२ टिमलाई ६/६ वटा गरेर दुई समूहमा विभाजन गरिएको छ । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलतालिका सार्वजनिक हुन वाँकी रहेको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दरसमेत तोकिएको छ । क्वाटरफाइनलसम्मका लागि एक सय र एक सय ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।

तेस्रो संस्करणको नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५/१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।