बुधबार, जेठ २०, २०८३

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

 |  शनिबार, मंसिर २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१
National life
Shivam cement

काठमाडौं- यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्। सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ। 

गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी छन्। त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
    
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ। चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार छन्। पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन्। 

उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार छन्। त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन्। ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ। महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ। 

प्रकाशित: Dec 07, 2024| 08:20 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्