मंगलबार, पुस १, २०८२

प्रहरी हिरासतमा रवि लामिछानेसँग बाबुराम भट्टराईको भेट

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

National life

शुक्रबार बिहान कास्की पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्। भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए। उनले सहकारीका पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए। 

लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर सहकारीका पचासौं लाख बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईको भनाइ छ। आफूसँगको भेटमा लामिछानेले पनि राज्यले प्रतिशोध साँधेको बताएको भट्टराईले सुनाए।

गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेर पोखरा लगिएका लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रकाशित: Dec 06, 2024| 11:51 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्