मंगलबार, पुस १, २०८२

बागमती प्रदेशले 'योजना बैंक' स्थापना गर्ने

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

National life
Laxmi sunrise bank
kumari

नुवाकोट- बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ। बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताए। 

मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उनले व्यक्त गरे।

गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए।

प्रकाशित: Dec 06, 2024| 11:01 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्