शनिबार, साउन ३०, २०८३

तीन करोड लागतमा सभाहल निर्माण

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

तनहुँ- म्याग्दे गाउँपालिका- ३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेद्वारा आधा रोपनी जग्गा निःशुल्क प्रदान भएको हो।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो। आज त्यसको औपचारिक उद्घाटन हुँदैछ। अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन। साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ।

प्रकाशित: Dec 06, 2024| 10:31 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्