मंगलबार, पुस १, २०८२

प्रदेशका तीन सडक समस्याग्रत घोषित

 |  शुक्रबार, मंसिर २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २१, २०८१

दमौली- गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो। 

National life

आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा-हर्कपुर सडक र भानुमार्ग-चन्द्रावती पिलिगार्ग, कुन्छा-कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। 

निर्माण सुरू भएर लामो समयसम्म अलपत्र परेका ती सडक आयोजनालाई समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको उने हर्ता। उनले भने, ‘ती सडक योजना समयमै सम्पन्न भएनन्। त्यहीकारण यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राखी निर्माण सम्पन्न गराउन लागिपरेका भनिएको छ।  सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ।’

आँबुखैरेनी–छिम्केश्वरी सडकको १६ किलोमिटर कालोपत्रको काम २०७६ साल मङ्सिर ६ गतेदेखि सुरू भएको थियो। उक्त सडकको म्याद २०८१ साल असोज २० गते सकिएको छ। उक्त खण्डमा हालसम्म आठ किलोमिटर कालोपत्र सकिएको छभने बाँकी काम हुनसकेको छैन। 

रू ५१ करोड ८४ लाख ९० हजार छ सय ९० लागत अनुमान गरिएको उक्त सडकको ठेक्का रू ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा लागेको थियो। सडक स्तरोन्नतिको ठेक्का एमएस शर्मा काष्ठमण्डप जेभीले पाएको थियो। प्रमुख तिवारीका अनुसार निर्माण व्यवसायीलाई हालसम्म रू ३० करोड दुई लाख एक हजार आठ सय ६२ भुक्तानी भएको छभने रू छ करोड तीन लाख ४८ हजार छ सय ५२ भुक्तानी बाँकी छ। चालु आर्थिक वर्षमा सडकका लागि रू एक करोड ५० लाख विनियोजन भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 06, 2024| 09:23 शुक्रबार, मंसिर २१, २०८१
प्रतिक्रिया दिनुहोस्