मंगलबार, पुस १, २०८२

बडायक दम्पती हत्याका आरोपी पक्राउ, दिए यस्तो बयान

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

कञ्चनपुरमा दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।

National life

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका- १ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेको आरोपमा सोही गाउँपालिका- २ बस्ने ५२ वर्षीय गंगाराम रानालाई पक्राउ परेका हुन्।

रानाले बडायक दम्पतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। मदिरा खरिद गर्न जाँदा नदिएपछि आवेगमा आएर हत्या गरेको रानाले स्वीकार गरेका छन्। बडायक दम्पतीले मदिरा पसल सञ्चालन गर्दै आएका थिए। बडायकले आफूमाथि आक्रमण गरेको बयान रानाले दिएका छन्।

गत ९ कात्तिकमा रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको थियो।

प्रकाशित: Dec 05, 2024| 16:24 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्