मंगलबार, पुस १, २०८२

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं-  मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

National life

कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिप सडकबाट करिब सात सय मिटर तल खसेको बताइएको छ।

दुर्घटनामा कैलाली घर भएका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 05, 2024| 08:49 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्