मंगलबार, असार १७, २०८२

सभामुख घिमिरेले गरे फोटो प्रदर्शनी अवलोकन

 |  बुधबार, मंसिर १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

vianetvianet

काठमाडौं‍‍‍‍‍- सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाई तथा सर्वसाधरणले नेपाल कला परिषद्‍मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन्।

एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरेले अवलोकनमा आइपुगेका हुन्। सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताए।

विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजनाहरू कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्दछ,’ उनले भने । उनले सृजनात्मक कार्यक्रमहरूमार्फत बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसांपेक्ष र नवीन रहेको उल्लेख गरे । सभामुख घिमिरेले देशको ऊर्जा क्षेत्रको विकासमा एडीबीले गरेको सहयोगका लागि धन्यवाद समेत दिए।

इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी गुरागाईंले प्रदर्शनीमा राखिएका तस्विरले नेपालमा जलविधुतको उत्पादन, वितरण र उपयोगको सम्योजनलाई स्पष्ट पारेको बताए। फोटो प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एडीबीबीचको ५० वर्षको साझेदारीलाई उजागर गर्ने  समेत उनले बताए। यो प्रदर्शनी आउँदो सोमबार (९ डिसेम्बर २०२४) सम्म चल्नेछ ।
 

प्रकाशित: Dec 04, 2024| 20:34 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्