बुधबार, पुस २, २०८२

बाँकेमा पुल र सडकका १३२ आयोजना सञ्चालन हुने

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

बाँके- जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन्।

National life

चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्यांकनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो। सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्नेगरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ।

६ करोड ४३ लाख रूपैयाँ बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटनस्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जले जनाएको छ।

साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए।

Laxmi sunrise bank
kumari

सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए। सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काले बताए। रासस

प्रकाशित: Dec 04, 2024| 18:31 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्