बुधबार, जेठ २०, २०८३

बेनी-पाखापानी-घतान सडक स्तरोन्नति गरिँदै

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

म्याग्दी- बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी-पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका-९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ।

National life

किराखोर- नेप्टेचौर- तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० करोड १६ लाख एक हजार तीनसय ६४ रूपैयाँमा मंगलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो। निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ।

मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ। यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो।

प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी-किराखोर ६ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको तीन करोड रूपैयाँ सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताए।

Shivam cement

प्रदेश सरकारमार्फत रु ६८ करोड लागतमा बेनी-पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ। ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रूपैयाँमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। रासस

प्रकाशित: Dec 04, 2024| 18:01 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्