बुधबार, जेठ २०, २०८३

टुँडिखेलमा मृत भेटिए पुरुष, नजिकै चक्कु भेटियो

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१
National life
Shivam cement

काठमाडौंको टुँडिखेलमा एक व्यक्ति मृत भेटिएका छन्। टुँडिखेलमा रहेको गोल पोष्ट नजिकै बुधबार बिहान मकवानपुरका बद्रीप्रसाद सिलवाल मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान ६:३५ बजे एक जना पुरुष मृत फेला परेको सूचना प्रहरीले पाएको थियो। सिलवालको शव नजिकै चक्कुसमेत फेला परेको छ भने बायाँ हातको मुनि रगतको आहाल देखिएको छ।

साथमा रहेको नागरिकताका आधारमा मृतक मकवानपुर घर भएका ४५ वर्षीय सिलवाल रहेको पुष्टि भएको हो।  उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 04, 2024| 16:13 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्