शनिबार, साउन ३०, २०८३

१२ दिनदेखि बेपत्ता पर्वतका एक वृद्ध मृत भेटिए

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

पर्वत- १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन्। 

विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए। मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए। 

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन्। मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।  

प्रकाशित: Dec 04, 2024| 16:12 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्