शनिबार, साउन ३०, २०८३

अनियन्त्रित भएर बस पल्टिँदा २२ जना घाइते

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेस्थित धरान-चतरा सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

बुधबार बिहान  हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २२ जना घाइते भएको मकवान प्रहरीले जानकारी दिएको छ।  घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।

बस चालक ४५ वर्षीय टिकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा ३७ जना यात्रु थिए।

प्रकाशित: Dec 04, 2024| 13:58 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्