मंगलबार, पुस १, २०८२

गाँजा बोकेको गाडी नियन्त्रणमा लिन प्रहरीले गोली चलायो 

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धनकुटाबाट धरान आउँदै गरेको गाडी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रहरीको चेकप्वाइन्ट देखेपछि दुवै गाडीका चालक भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो।

प्रहरीले गाडी नियन्त्रणमा लिई ६ सय ९० किलो गाँजा बरामद गरेको छ। दुईमध्ये एक चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्यामकुमार विश्वकर्मा छन्।

प्रकाशित: Dec 04, 2024| 12:04 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्