बुधबार, जेठ २०, २०८३

पत्रकार महासंघको मतदाता सूची प्रकाशन, अब होला त चुनाव ?

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघले यही मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ। महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो।

National life

मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org मा प्रकाशन गर्नुका साथै केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ।

२८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधान बमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ। मतदाता नामावली प्रकाशनपछि पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले नयाँ नेतृत्व चयनमा प्रत्यक्ष सहभागी हुन अपिल गरेकी छिन्।

पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।

यस्तो छ मतदाता सूची

Shivam cement

 

प्रकाशित: Dec 03, 2024| 14:23 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्