बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता नेपालको औपचारिक भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता नेपालको औपचारिक भ्रमणमा आउँदै

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

अमेरिका- अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। 

National life

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन्।

सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलंका, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन्। उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ। 

नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन्।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 03, 2024| 13:23 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्