मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन तालिका सार्वजनिक भएकै दिन पत्रकार महासंघमा तालाबन्दी

निर्वाचन तालिका सार्वजनिक भएकै दिन पत्रकार महासंघमा तालाबन्दी

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

नेपाल पत्रकार महासंघले सक्रिय पत्रकारलाई संघको सदस्य हुनबाट विमुख गरेको भन्दै प्रेस चौतारी मकवानपुरले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरेको छ।

National life

चौतारीले पत्रकार नै नरहेका फर्जी सदस्यको सदस्यता खारेज, सक्रिय पत्रकारलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको हो।

महासंघले वितरण गरेको फर्जी सदस्यको खारेजी र सक्रियहरुको सदस्यता वितरण नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि नगर्न चौतारी मकवानपुरले माग गरेको छ। यथास्थितिमा निर्वाचन गर्न खोजे सशक्त बहिस्कार गरिने चौतारीको धारणा छ।

यसअधि चौतारी चितवन र सिन्धुली शाखाले पनि महासंघको शाखामा तालाबन्दी गरिसकेको छ।

आजमात्रै महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

Laxmi sunrise bank
kumari

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने तालिका छ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ।

पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।

 

प्रकाशित: Dec 03, 2024| 13:21 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्