बुधबार, जेठ २०, २०८३

मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, यस्तो छ तालिका

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

National life

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने तालिका छ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ।

पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।

Shivam cement

 

प्रकाशित: Dec 03, 2024| 13:02 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्