बिहीबार, साउन १४, २०८३

रेशम चौधरीको सपथ : अब जेल कि संसद्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई बिहीबार सांसदको सपथ खुवाइने भएको छ। उनलाई बिहान साढे ११ बजे सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा सपथग्रहण गराइने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले चौधरीको सपथ दिउँसो तीन बजेका लागि सारिएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । 

मल्लले भने, 'संसद बैठकको समय भइसकेको र डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई ल्याउन ढिला भएकाले ३ बजे सारिएको।'  सञ्चारकर्मीको जिज्ञासामा मल्लले भने, 'साथीहरू धेरैले जिज्ञासा राख्नुभएकोले  रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ । निर्वाचन आायोगले प्रमाणपत्र सहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो । शपथपछि चौधरी निलम्बित सांसदको रूपमा जेलमै रहन्छन् । संसद बैठकमा बस्न पाउँदैनन्।'

चौधरीको प्रमाणपत्र निर्वाचन आयोगले पहिले नै  संसदमा बुझाइसकेकाले उनलाई शपथ मात्र खुवाइने छ।  संघीय संसदको नियमावली २४४ को ३ अनुसार  चौधरी संसद बैठकमा भने सहभागी हुन  नपाउने व्यवस्था रहेको संसद सचिवालयले जनाएको छ।

चौधरी कैलाली क्षेत्र नम्बर एकबाट राजपाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । चौधरीले मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाव जितेका थिए।

  ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए। 

यो पनि पढ्नुहोस्
कैलाली नरसंहारको प्रतिवेदन नै गायब !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।