बिहीबार, साउन १४, २०८३

मुआब्जाको लफडाले हुलाकी राजमार्गको निर्माण ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- हुलाकी राजमार्ग अन्तर्गत मानमत–कलैया–मटिअर्वा  सडक खण्डको मुआब्जा बढाउनुपर्ने माग अघि सार्दै स्थानीयले निर्माणाधीन परियोजनामा अवरोध शुरु गरेका छन् ।

सडक खण्ड अन्तर्गत सदरमुकाम कलैया मा पर्ने जग्गा अधिग्रहण वापत उपलब्ध गराउने भनिएको मुआब्जा रकम ज्यादै न्यून रहेको भन्दै स्थानीयले मुआब्जामा पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन् ।

 कलैया बजार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा बढाएर दिनुपर्ने माग अघि सारेर सडक निर्माण कार्यमा अवरोध  शुरु भएको हो । उनीहरुले सदरमुकाम अन्तर्गत पर्ने डेढ किलोमिटर लामो सडक खण्डको लागी प्रति धुर १० देखि २० लाख रुपैयाँ मुआब्जा उपलब्ध गराउन माग गरेका छन् ।

कलैया उपमहानगरपालिका कार्यालयमा सर्वपक्षिय भेलाबाट मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको निर्माण कार्यमा अवरोध नगरी सडकको दायाबाँया १५/१५ मिटर फराकिलो हुनेगरी सडक निर्माण गर्न दिने सहमति भएको थियो । 

मुआब्जा सम्बन्धी पुनर्मूल्यांकन गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएपनि अहिले केही स्थानीय बासिन्दाले सडक निर्माणमा अवरोघ खडा गरी मुआब्जा लागीना सडक संघर्ष समिति गठन गरेर नयाँ माग अघि सारेपछि कलैयामा सडक निर्माण कार्य अलपत्र परेको छ । 

सडकको निर्माण सम्पन्न गर्ने सम्झौता अवधी पुरा हुन पाँच  महिना बाँकी रहेको अवस्थामा विगतमा निर्धारण गरिएको मुआब्जा रकम वृद्धि नगरे सडक निर्माण गर्न नदिने चेतावनी स्थानीयले दिएका छन् । हुलाकी राजमार्ग निर्देशनालयले २७ किलोमिटर  लामो यो सडक खण्ड निर्माणको लागी आगामी २०७६ वैशाखसम्म सम्झौता अवधी तोकेको छ ।

मानमत–कलैया– मटिअर्वा नगर सडक संघर्ष समितिका सचिव प्रकाश सर्राफले पहिलो निर्धारण गरिएको मुअब्जा अनुचित भएकाले पुनरावलोकन गरेर बजारमूल्य हाराहारी दिइनुपर्ने बताए ।

 मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई काठमाडौंको आशिष/डिएस जेभी निर्माण कम्पनीले ४८ करोड ५८ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी  २०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग परियोजनासँग सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगंजले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।