आइतबार, साउन १७, २०८३

शिक्षा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

– शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई शिक्षा पत्रकारिता पुरस्कार, शोधवृत्ति प्रदान गर्ने उद्देश्यले शिक्षा पत्रकार समाजले स्थापना गरेको कोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले दुई लाख २२ हजार २२२ प्रदान गरेका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई शिक्षा पत्रकारिता पुरस्कार, शोधवृत्ति प्रदान गर्ने उद्देश्यले शिक्षा पत्रकार समाजले स्थापना गरेको कोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले दुई लाख २२ हजार २२२ प्रदान गरेका छन्।  

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला अध्यक्ष एवम् ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष कँडेलले समाजका अध्यक्ष प्रकाश सिलवाललाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिक रुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने समाजका अध्यक्ष प्रकाश सिलवालले बताए।

समाजसेवामा क्रियाशील कँडेलले यसअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा ,कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि कोष स्थापना गरेर सहयोग गर्दै आएका छन्।


प्रकाशित: Aug 15, 2021| 18:37 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्