मंगलबार, चैत २४, २०८२

रामोसको फुटबल जिवनकै ‘आश्चाय’ तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस रियल मड्रिडका कप्तान सर्जियो रामोस मैदानमा अक्सर विवादित खेलाडीका रूपमा चिनिन्छन् । उनी खैल दौरान आक्रामक खेल्ने र बढी कार्ड खाने खेलाडीमा पर्छन् ।

तर, वर्ष २०१८ भने रामोसका लागि ‘अचम्मको वर्ष’ भयो । किनभने, उनले वर्ष २०१८ मा एउटा पनि रातो कार्ड खाएनन् । उनले १३ वर्षपछि पहिलोपटक रामोसले २०१८ मा एउटा पनि रातो कार्ड खाएका छैनन् । 

रामोसले सन् २००५ पछि पहिलोपटक रातो कार्ड नखाई १२ महिना बिताएका हुन् । र, यो निकै दुर्लभ हो । स्पेनिस मिडियाले त यसलाई ‘आठौं आश्चार्य’ भनेर व्यांग्यात्मक समाचार छापेका छन् ।

रामोसले सन् २००४ को फेब्रुअरीमा रियल मड्रिडको सिनियर टोलीमा डेब्यु गरेयता उनले हरेक वर्ष कम्तीमा एउटा रातो कार्ड खाँदै आएका थिए । तर, २००५ पछि उनले पहिलोपटक रातो कार्ड बिनाको वर्ष मैदानमा पूरा गरे । 

त्यसबेला सेभिल्लाबाट रियल मिड्रड गएपछि उनले पहिलो कार्ड खाएका थिए । त्यसयता रामोसले रियलको सेतो जर्सीमा कूल २४ वटा रातो कार्ड खाइसकेका छन् । जुन कीर्तिमानी हो ।

उनले करिअरमा खाएका २४ रातो कार्डमध्ये कूल १९ वटा ला लिगामै पाएका छन् भने बाँकी अन्य प्रतियोगितामा पाएका छन् । रामोसले जारी सिजन कूल २४ खेल खेलिसकेका छन् । उनले १६ वटा ला लिगाका खेल खेल्दा ४ च्याम्पियन्स लिग २ क्लब विश्वकप, एक कोपा डेल रे र एक युइएफए सुपर कपका खेल खेलेका छन् । 

त्यसक्रममा उनले ५ वटा पहेंलो कार्ड खाए पनि रातो कार्ड भने पाएका छैन् । सन् २०१७ मा भने रामोसले २ वटा रातो कार्ड पाएका थिए । सो वर्ष उनले ला लिगाअन्तर्गत डेपोर्टिभो र एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । उनले अन्तिम रातो कार्ड २०१७ को डिसेम्बरमा पाएका थिए ।

तर, राष्ट्रिय टोली सपेनको जर्सीमा भने रामोसले एउटा पनि रातो कार्ड पाएका छैनन् । उनले स्पेनका लागि हालसम्म १ सय ६१ खेल खेलिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।