बिहीबार, साउन १४, २०८३

इलाम पुगेका डा केसीको अनसन अकस्मात रोकियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- इलाममा शुक्रबारबाट हुने भनिएको डाक्टर गोबिन्द केसिको अनसन स्थगित भएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै डाक्टर केसिले अनसन स्थगनको जानकारी दिएका हुन । 

संसदको शिक्षा तथा स्वास्थय समितिको सभापतिका तर्फबाट हामीसित भएको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसको लागी केहि दिनको समय माग भएकाले यहि पौष २५ गते सम्मको लागि 'सत्याग्रहको कार्यक्रम स्थगत गरेको घोषणा गर्दछौँ’, डाक्टर केसीको विज्ञप्तीमा भनिएको छ, ‘साथै यसबिच चलखेल भएको अवस्थामा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ ।’ उनले विज्ञप्तिमा भनेका छन् । 

इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा २० गते स्थानिय सरकारले लगानी सम्मेलन  र प्रधानमन्त्रीको नागरिक अभिनन्दन कार्यक्रम राखेकै दिन केसीले अनसन बस्ने बताएका थिए । तर, अहिले अनसन स्थगनको भएपछि भने संभावित प्रधानमन्त्री पक्षधर र डाक्टर केसी पक्षधरको मुडभेड नहुने भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।