सोमबार, असोज ५, २०८३

भलिबल खेलाडीलाई विदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- इटहरीमा हुन लागेको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरुलाई प्रदेश २ का सभामुखले बिदाइ गरेका छन्।

१९ देखि २३ पुषसम्म प्रदेश १ को इटहरीमा हुन लागेको सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका लागि प्रदेश २ का सभामुख सरोजकुमार यादवले बुधबार खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

प्रदेशसभा परिसरमा आयोजित एक कार्यक्रमका बीच सभामुख यादव र उपसभामुख उपमा देवले प्रदेश २ का भलिबल खेलाडीहरुलाई फूलमाला र अबिर लगाइ बिदाइ गरेका छन्।

प्रदेश २ को टोलीमा तीनजना अफिसियलका साथै १२ जना खेलाडी सहभागी रहेको प्रदेश २ मा भलिबलका मुख्य प्रशिक्षक भरत यादवले बताए। खेलकुद मन्त्रालयको सहकार्यमा हुन लागेको भलिबल प्रतियोगितामा सातै प्रदेश र तीन विभागीयसहित १० वटा टिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने यादवले जानकारी दिए।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने भलिबल टोलीमा धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट खेलाडी छनौट गरिएको बताइएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलीलाई पाँच लाख, दोस्रो हुने टिमलाई ३ लाख र तेस्रो हुने टिमलाई १ लाख नगद पुरस्कार दिइने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।