सोमबार, असोज ५, २०८३

च्याम्पियन मनाङको अपराजित यात्रा मायमै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल अगावै च्याम्पियन बनेको मनाङ मस्र्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । 

लिगको १२ औं खेल सम्म आइपुग्दा समेत मनाङ अपराजित रहेको छ । बुधबार भएको १२ औं खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन मनाङले लिगमा अपराजित यात्रा कायम राखेको हो ।

मनाङको जितका लागि आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा १-१ को बराबरी खेलेको खेलमा मनाङले दोस्रो हाफमा थप एक गोल गर्दै विजयी भएको थियो । 

खेलको अन्तिम मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए । दोस्रो हाफमा विशालले गोल गर्दै मनाङको अपराजित यात्रालाई कायमै राखे । 

उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै मनाङलाई २-१ को जित दिलाए । जितसँगै मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको ११ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।