सोमबार, मंसिर २९, २०८२

डिपिएल अक्सनका लागि २०५ खेलाडीको नाम दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फाइल तस्बिर
 
धनगढी- तेस्रो संस्करणको धनगढी प्रियिमर लिग (डीपीएल) टी-२० क्रिकेटका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले तोकेको समयभित्र २ सय ५ खेलाडीले नाम दर्ता गरेको जनाइएको छ । 

डीपीएल अक्सनका लागि नाम दर्ताको समय पुस ४ गते देखि १७ गते सम्म खुल्ला गरेको थियो । खेलाडी स्वयमले आफ्नो न्युनतम मुल्य सहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । 

आयोजकले खेलाडीलाई न्युनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्मको मुल्य राखेर नाम दर्ता गर्न आह्वान गरेको थियो । खेलाडी लिलामी (अक्सन) पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले बताए । 

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागि टिमले ३ बर्षका लागि अनुबन्धन गर्नेछन् । खेलाडीको सेवा सुविधा तथा पारिश्रमिक सहभागि टिमसँगको आपसी सहमतीमा निर्धारण गरिने बताईएको छ । 
डिपिएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।