बुधबार, साउन १३, २०८३

सन्दीप बंगलादेश प्रस्थान, यस्तो छ नयाँ खेल तालिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रस्थान गरेका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्सबाट बिग ब्यास लिगका चार खेल खेल्द सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । 

लिगमा ४ खेल खेल्दै ८ विकेट लिएका उनले बिग ब्यासमा सानदार प्रदर्शन गरेका थिए । बंगलादेश प्रिमियर लिग जनवरी ५ तारिख देखि सुरु हुँदैछ । उनी स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्दै छन् । 

जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दैछन् । सन्दीपले जनवरी ६ तारिकमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ । त्यस्तै लिगको दोश्रो खेल जनवरी ९ तारिकमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाका डाइनामाइट्सविरुद्ध खेल्ने छन् । 

तर उनी लिगकोबीचमा युएईसँगको वान डे र टी-२० सिरिज खेल्ने छन् । नेपालले युएईसँग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।