मंगलबार, साउन १२, २०८३

ए डिभिजन लिग : संकटा र थ्री स्टारको लक्ष्य दोस्रो स्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) दुई खेल हुदैछन् । लिगमा १२ औ चरणको अन्तिम खेलहरुमा मनाङले हिमालयन शेर्पा र संकटाले थ्री स्टारसंग खेल्नेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे २ बजे हुने खेलमा संकटाले थ्री स्टारको सामना गर्ने छ । मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य लिगको उपविजेताका बन्नु रहेको छ । लिगमा समान खेल खेलेको संकटा २५ अंक सहित दोस्रो स्थानमा छ । थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । दुबै टोलिको दोस्रो बन्ने लक्ष्य आजको खेलले तय गर्ने छ ।

यस अघि मनाङले दुई खेल अगावै लिग जितेर लिगको रौनकमा कमि दिलाई सकेको छ । अव लिगमा दुई चरणको मात्र खेल बाँकी छन् । थ्री स्टार र संकटा बाकिँ दुई खेलमा जित निकालेर उपविजेता बन्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा हुनेछन् । संकटालाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिने मौका ललितपुरे क्लब थ्री स्टारलाई प्राप्त छ ।

आजनै हुने अर्को खेलमा मनाङले हिमालयन शेर्पासंग खेल्दैछ । लिगको एघारौ चरणको खेलसम्म शतप्रतिशत जित निकाल्दै उपाधि जितेको मनाङ सोही प्रर्दशनलाई अन्तिम खेलसम्म कायम राख्ने योजनामा हुनेछ । आजको खेलमा जित निकाल्दै शतप्रतिशत जित सहित लिगको अन्त्य गर्ने लक्ष्य मनाङ छ ।
मनाङ ११ खेलबाट ३३ अंक जोड्दै उपाधि सहित शीर्ष स्थानमा राज गरेर बसेको छ । शेर्पा क्लब ११ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।