मंगलबार, चैत २४, २०८२

आर्सनलको सहज जित फुलहम ४-१ गोल अन्तरले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा आर्सनलले सहज जित निकालेको छ । आर्सनलले फुलहमलाई ४-१ गोल अन्तरले हराएको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । उता फुलहमका अबुबाकर कामराले एक गोल फर्काए ।

फुलहमविरुद्ध खेलको २५ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा तीन गोल गर्यो ।

खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए  । उता फुलहमले खेलको ६९ औं मिनेटमा एक गोल फर्काउदै  २-१ को स्थितिमा ल्याए ।  

त्यस्तै खेलको ७९ औं मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए  । त्यसको चार मिनेट नबित्दै खेलको ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।

आजको जितसंगै पाँचौ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ । पराजित फुलहमले भने १४ जोडेर रेलिगेसन जोनमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।