सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका छ जनाको मृत्यु

नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका छ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बैंकक-  थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन्। 

नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो। ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन्। 

चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए। अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। 

“पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्” एक प्रहरी अधिकारीले भने। 

श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ।मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन। 

थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।