मंगलबार, चैत २४, २०८२

‘ए’ डिभिजन लिग : एपिएफसँग पुलिस पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको मंगलबार विभागीय डर्बीबीच भएको खेलमा  एपीएफ विजयी भएको छ । हलचोकस्थित एपिएफको खेल मैदानमा भएको खेलमा पुलिसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो ।  

एपीएफको जितका लागि युवराज खड्काले २ तथा राजेन्द्र रावल र हरि कार्कीले समान १-१ गोल गरे । यता पुलिसका लागि अजित भण्डारीले एक गोल फर्काएका थिए । 

राजेन्द्र रावलको गोलमार्फत खेलको २१ औ मिनेटमा एपीएफले सुरुवाती अग्रता लिएको थियो । सुरुवातमै पछाडी परेपछि पुलिसले एपीएफबाट निरन्तर दबाब बनायो । २८ औ मिनेटमा एपीएफले अग्रतालाई दोब्बर बनायो । 

हरी कार्कीले डिबक्स भित्रबाट हानेको बल सिधै गोलमा परिणत भएपछि एपिएफले पुलिसविरुद्ध अग्रता दोब्बर बनायो । ४३ औ मिनेटमा हेडमार्फत युवराज खड्काले गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाए । 

पहिलो हाफको इन्जुरी समयमा पुलिसका अजित भण्डारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर, थप गोल गर्न भने सकेन । दोस्रो हाफमा युवराज खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई घरेलु मैदानमा ४-१ को सान दार जित दिलाए । 

जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक सहित छैटौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।