काठमाडौं- नेपाली लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग ब्यास लिगको आफ्नो चौथो खेलमा एक विकेट लिएका छन् । मंगलबार मेलबर्न रिनेगाडेसविरुद्धको खेलमा सन्दीपले १ निकेट लिएका हुन् ।
यससँगै सन्दिपको लिगमा चार खेल खेल्दै ८ विकेट पुगेको छ । सन्दीपले आफ्नो चौथो खेलमा चार ओभर ३१ रन खर्चदै १ विकेट लिए । भएको के चौथो खेल खेल्दै छन् ।
खेल नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा शुरु हुनेछ । उनले मेलबर्न रिनेगाडेसका कप्तान टोम कुपरलाई बोल्डआउट गरेका हुन् । १० रनमा खेली रहेका टोमलाई आउट गर्दै पेभिलियन फर्काए ।
उनले आफ्नो पहिलो डेब्यु खेलमा दुई विकेट लिँदा दोस्रो खेलमा तीन र तेस्रो खेलमा दुई विकेट लिएका थिए । बिग ब्यासमा चौथो खेल सकेसँगै सन्दीप बुधबार बंगलादेश प्रस्थान गर्दैछन् ।
बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन सन्दिप बंगलादेश जान लागेका हुन् । उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौताका कारणा उनी बंगलादेश जानलागेका हुन् ।
सन्दीपले उक्त कुरा बिग ब्यास खेल्न जानु अघिनै बताईसकेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४