शुक्रबार, असोज १८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

Siddartha premir insuranceSiddartha premir insurance

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
 |  आइतबार, साउन ३१, २०७८
nespernesper

अनिल यादव

अनिल यादव

आइतबार, साउन ३१, २०७८

भरतपुर (चितवन ) – दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।

triton college

२ पुस २०७५ मा ब्यारेकबाट हराएको हतियार चोरीको अभियोगमा उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालिबहादुर गणमा कार्यरत सिपाही लव गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङलाई जेल हालिएको थियो। 

‘गणबाट हराएको भनिएको १००७९२ नम्बरको एसएमजी हालैको एक हत्याकाण्डमा प्रयोग भएको देखियो’, चितवन प्रहरीले नेपाल समयसँगको अनौपचारिक कुराकानीमा बताएको छ, ‘हत्यामा संलग्न अर्कै व्यक्तिले सो हतियार आफूले दुई वर्षअघि सोही गणबाट चोरेको बताएको छ।’

ब्यारेकबाट हराएको भनिएको सोही हतियार ७ साउनमा चितवनमा भएको हत्याकाण्डमा प्रयोग भएको पाइएपछि पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको हो। ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेर हत्या गरेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको प्रहरीको भनाइ छ। ‘ढकालले गन आफूले चोरेको बताएकाले सोही गन चोरीको अभियोगमा जेलभित्र रहेका दुई सैनिकहरु निर्दोष छन् भन्ने देखिन्छ’, एक प्रहरी अधिकारीले बताए, ‘औपचारिक रुपमा हामीले गन नम्बर बाहिर ल्याउन अलिक अफ्ठेरो होला। तर हतियार त्यही हो, तपाईँले बुझ्नुस्।’

Metro Mart
vianet
 हालैको एक हत्याकाण्डमा फेला परेको हतियारका कारण दुई वर्षदेखि जेलमा रहेका ती दुई सिपाहीहरु निर्दोष रहेको र उनीहरुलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीमा सत्यता देखिएको छ।  

 तत्कालिन मेजर श्रेष्ठ लगायतका हाकिमहरुले व्यक्तिगत रिसिबीका कारण सैनिक गुरुङ र तामाङलाई फसाएको आरोप लागेको छ। 

आरोपित सैनिक लव र सरोज को परिवारले पनि त्यतिबेलै आफ्ना परिवारका सदस्यहरुमाथि सैनिक सेवाभित्र षड्यन्त्र भएको बताएका थिए। यो घटनामा व्यक्तिगत रिसिबी र अरु घटनाहरुको प्रतिशोध गाँसिएको भनाइ उनीहरुको थियो।

आफ्ना परिवारका सदस्य निर्दोष रहेको खबर पाएपछि यतिबेला पीडित सैनिकका परिवार चितवन आइपुगेका छन्। 


– ( यो घटनाबारे नेपाल समयमा बाँकी सामग्रीहरु पनि पढ्न सक्नुहुने छ। रिपोर्टिङका लागि सहकर्मी अनिल यादव चितवन पुगेका छन्– सम्पादक )


प्रकाशित: Aug 15, 2021| 16:34 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।