मंगलबार, साउन १२, २०८३

 प्रिमियर लिग :  टोटेनहमलाई दोस्रो स्थानमा उक्लिने मौका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार तीन खेल हुँदै छन् । नयाँ बर्षको पहिलो दिन प्रिमियर लिगमा टोटेनहम, आर्सनल, लेष्टर सिटी लगायतका ठुला टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

प्रिमियर लिग अन्तर्गत मंगलबार हुने पहिलो खेलमा एभर्टन र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ । दुबै टोली मैदान उत्रदा लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्ने हुनेछन् । एभर्टन २७ अंक जोडेर लिगको १० औं स्थानमा रहँदा सिटी २८ अंक जोडेको लिगको आठौं स्थानमा छ ।

यस्तै अर्को खेलमा आर्सनलले फुलहमको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ मा सुरु हुनेछ । पछिल्ला खेलमा उच्च प्रदर्शन गर्न नसकिरहेको आर्सनल फुलहमलाई हराएर शीर्ष चार टोलीविरुद्ध अंक दुरी घटाउने योजनामा हुनेछन् । 

आर्सनल लिगमा ३८ अंक जोड्दै पाँचौ स्थानमा छ । यता फुलहम १४ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ । नयाँ बर्षको पहिलो दिनको अन्तिम खेलमा टोटेनहम र कार्डिफ सिटीले प्रतिस्पर्धा गर्नेछन् । कार्डिफको मैदानमा हुने खेल राति ११:१५ मा सुरु हुनेछ ।

कार्डिफविरुद्ध मैदान उत्रदा टोटेनहम जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । तेस्रो स्थानको टोटेनहमले २० खेलबाट ४५ अंक जोडेको छ । कार्डिफलाई हराए टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि बनाएर दोस्रो स्थान हासिल गर्नेछ । 

सिटीको ४७ अंक छ । यस्तै टोटेनहम शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी समेत कम गर्न चाहन्छ । लिभरपुलको ५४ अंक छ ।  कार्डिफ १८ अंक जोडेर १६ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।