मंगलबार, चैत २४, २०८२

‘ए’ डिभिजन लिग : दुई विभागीय टोली भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार दुई खेल हुदै छन् । एक खेल एन्फा कम्प्लेक्समा हुने छ भने अर्को खेल एपिएफके खेल मैदानमा हुनेछ । दुबै खेल दिउँसो २:३० बजेबाट हुने छन् । 

एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युवा क्लबले सरस्वती युवा क्लबको सामना गर्दैछ । सरस्वतीलाई हराए च्यासलले शीर्ष ६ मा प्रवेश गर्नेछ । त्यस्तै सरस्वती पनि जित दर्ता गर्दै नवौं स्थानमा पुग्ने सुरमा हुनेछ । 

च्यासलले ११ खेलमा ४ जित  र ३ बराबरीसहित १५ अंक जोडेको छ । यता सरस्वतीले ११ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ । अर्को खेलमा दुई विभागिय टोलीबीच प्रतिस्पर्धा हुँदै छ । 

एपीएफको घरेलु मैदानमा नेपाल पुलिस क्लबको उसको सामना गर्दैछ । पुलिस ११ खेलमा ५ जित र ३ बराबरीको नतिजासाथ् १८ अंक लिएर पाँचौ स्थानमा छ । यस खेल जितेको खण्डमा पुलिसले चौथो स्थानमा आर्मीलाई उछिन्ने आफ्नो सम्भावना बनाउनेछ । 

यता एपीएफ आजको खेलमा जित दर्ता गर्दै पुलिसलाई उछिन्ने सुरमा छ । एपीएफले ११ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक जोडेको छ । आफ्नो घरेलु मैदान भएको हुनाले एपीएफ अझ धेरै हौसिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।