मंगलबार, साउन १२, २०८३

सन्दिप बिग ब्यास लिग छोडेर बंगलादेश जाँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मेलर्बन- बिग ब्यास लिगको चौथो खेल सकिएपछि सन्दिप बुधबार बंगलादेश प्रस्थान गर्नेछन् । बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन सन्दिप बंगलादेश जान लागेका हुन् । 

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो । बिग ब्यास खेल्न जानु अघिनै सन्दिपले उक्त कुरा बताईसकेका थिए । 

बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दै छन् । स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन, अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन् ।

बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ । यसबीचमा सन्दिप नेपालले युएईसँग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन् ।

 नेपालले युएईसँग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ । बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।