काठमाडौं- आज पुस १६ गते सोमबार अर्थात अंग्रेजी पात्रो अनुसार सन् २०१८ को अन्तिम दिन। देशभर कहाँ के-के भयो र समग्रमा विश्व जगत तथा नेपालको सन्दर्भमा वर्ष २०१८ कस्तो रह्योसहितका सामाग्री थाहा पाउन हेर्नुस्, नेपाल समय दिनभरी।
आज पुस १६ गते। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले उनका आलोचकलाई पानीजहाज चढ्न निम्तो दिएको दिन। तर, आज प्रधानमन्त्रीले पानीजहाज ल्याउने त कता हो कता, सार्वजनिक रुपमा पानीजहाजको विषयमा बोल्न पनि चाहेनन्।
गृह मन्त्रालयले प्रहरी नियमावलीमै संशोधन गरेर केही कनिष्ट र विवादास्पद प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गर्न लागेको छ। प्रहरी नियमावलीमा श्रेणीगत बढुवाका लागि कुनै पनि पदमा कम्तीमा चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने प्रावधान छ ।
वर्ष २०१८ अनपेक्षित घटना तथा विभिन्न अनुसन्धानले भरिपूर्ण रह्यो। चाहे त्यो वैज्ञानिकहरुको खोज अनुसन्धानको उपलब्धी होस् या त्यो राजनीतिक घटनाक्रम अथवा अन्य खेलकुद क्षेत्रको प्रगती। वर्ष २०१८ विश्व जगतमा निकै उपलब्धीपूर्ण रहेको विश्लेषण गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ०७५ पुस १७ गते नेपाली सेयरबजारका लगानीकर्ताले धितोपत्र दलाल (ब्रोकर) को कार्यालय नगई घर वा कार्यालयमा बसेर इन्टरनेट जडित कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत सेयर किनबेच गर्ने सुविधा दिने जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधि प्राप्त गरेका नौ हजार पाँच सय चार विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न समारोहमा उत्कृष्ट नतिजा ल्याउन सफल विभिन्न महानुभावलाई ३१ वटा पदक ता पुरस्कार वितरण गरिएको थियो।
मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएको सम्झनामा आज नेपाली कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ। ४३ औं एकता दिवस मनाउन काँग्रेसले केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेससँग मेलमिलाप र एकता गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। मुलुकको हरेक आन्दोलनमा मधेसका जनताले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै निधिले मेलमिलाप र एकता गरेर अगाडि बढ्न आग्रह गरेका छन्।
बर्खे अधिवेशन सकिएको सय दिन कट्दा पनि प्रदेश १ को हिँउदे अधिवेशनको टुंगो लागेको छैन। गत असोज २३ गते सकिएको बर्खे अधिवेशनपछि प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेशसभा बस्न सकेको छैन।
बझाङबाट तीन दिनअघि अपहरणमा परेका एक युवकलाई भारतको पलियाबाट अपहरण मुक्त गरिएको छ। भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको पलियामा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका- ४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको पहलमा अपहरणमुक्त गरिएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मेला आयोजकमाथि सिन्डिकेट लगाएको छ। एउटै आयोजकले वर्षेनी मेला-महोत्सव गर्दा चौतर्फी विरोध हुन थालेपछि नगरपालिकाले आयोजकमाथि सिन्डिकेट लगाएको हो। मेलालाई व्यवस्थित बनाउन नगरपालिकाले कार्यविधि नै बनाएर आयोजकमाथि सिन्डिकेको थालनी गरेको छ।
एन्ड्रोइड स्मार्ट फोन केही समययता लोकप्रिय छ। क्यामेरा, स्टोरेज, गेमजस्ता विविध प्रविधिका कारण यसको लोकप्रियता बढेको हो। अहिले आएर यस्ता फोनमा केही समस्या पनि देखिन थालेका छन्। तीमध्ये एक हो ओभरहिटिङ अर्थात् मोबाइल तात्ने समस्या।
पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ।
सन् २०१८ आजबाट बिदा हुँदैन। भोली नयाँ उमंगका साथ २०१९ आउने छ। २०१८ लाई फर्किएर हेर्दा बलिउडमा थुप्रै घटना भए। यस वर्ष स्टारहरुको बिहेले पनि निकै तात्यो वलिउड। धेरै स्टार बैवाहिक बन्धनमा बाधिए। उनीहरुले दिने पार्टीहरुमा पनि निकै झुम्यो बलिउड।
सामाजिक सञ्जालमा भारतीय अग्रज अभिनेता कादर खानको निधन भएको भ्रामक खबर फैलिएको छ। खानका छोरा सफराजले बाबुको मृत्युको खबर भ्रामक र झूटो रहेको भन्दै आफ्ना पिता हस्पिटलमा रहेको जानकारी दिएका छन्।
नेपाली साहित्यका छन्दोबद्ध एवम् परिष्कारवादी धाराको थालनीकर्ता कवि शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। १९४१ पुस १५ गते कास्कीको अर्घौअर्चलेमा जन्मिएका कवि पौड्यालको जन्मजयन्तीका अवसरमा देशैभरि विभिन्न कार्यक्रम गरिएको छ।
सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूद गतिविधिमा नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेपाली लेगब्रेक स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सको मैदानमा पुगेका छन्। कप्तान खड्का अष्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपलाई समर्थन गर्न मेलबर्न स्टार्सको मैदानमा पुगेका हुन्।
विश्व फुटबलमा पछिल्लो दशक रोनाल्डो र मेस्सीबीच सर्वाधिक चर्चा र प्रतिस्पर्धा निकै भएको पाईन्छ। उनीहरुबीचको प्रतिस्पर्धा अवार्डमा मात्रै नभएर मैदान, दर्शक र समर्थकबीच समेत भएको छ। गत सिजनसम्म यी दुई खेलाडी एकै लिगमा थिए।
बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ। बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टीले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...