ध्‍यान दिनुहोस्, मोबाइल तात्ला है !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Mobile_Heat_1.jpg

काठमाडौं- एन्ड्रोइड स्मार्ट फोन केही समययता लोकप्रिय छ। क्यामेरा, स्टोरेज, गेमजस्ता विविध प्रविधिका कारण यसको लोकप्रियता बढेको हो। अहिले आएर यस्ता फोनमा केही समस्या पनि देखिन थालेका छन्। तीमध्ये एक हो ओभरहिटिङ अर्थात् मोबाइल तात्ने समस्या।

स्मार्टफोन-मोबाइलको ब्राइटनेस बढी हुनु, लामो समयसम्म वाइफाइमा फोन कनेक्ट हुनु तथा लगातार समयसम्म गेम खेल्दा मोबाइल तात्छ। गर्मीयाममा भने ४० देखि ४५ डिग्रीको बाहिरी वातावरणले पनि मोबाइल तात्छ। 

स्लिम डिजाइनका स्मार्टफोन सबैका लागि आकर्षक हुन्छ। जति स्लिम डिजाइन उति पातलो र सानो ब्याट्री प्रयोग हुन्छ। तर स्लिम डिजाइनका कारण प्रोसेसर चाँडै तात्छ। यसको सीधै असर मोबाइलको ब्याट्रीमा पर्छ। 

स्मार्टफोन केस

स्मार्टफोनका कभर प्लास्टिकले बनेका हुन्छन्। लेदरबाट बनेका केसहरूमा पनि फोन भित्रभित्रे इनस्युलेटेड हुन्छ। तर, बाहिरबाट केसका कारण चिसो हुन्छ, जुन अझ खतरनाक हो।  

ओभरलोडिङ

फोनमा ज्यादा एप्लिकेसन हुँदा पनि मोबाइल तात्छ। गेम्स, मोबाइलमा डिफल्ट सफ्टवेयरबाहेक अन्य सफ्टवेयर डाउनलोड,  ब्याकग्राउन्डमा चलिरहेका एप्सहरूका कारण पनि तात्ने गर्छ। 

भाइरस

एप्स डाउनलोड गर्ने क्रममा विभिन्न विज्ञापनसँगै भाइरस स्वतः देखापर्छ। यस्ता भाइरसले मोबाइल काम नलाग्ने बनाइदिन सक्छ। 

क्यामेरा र गुगल म्यापको अधिक प्रयोग

स्मार्टफोनमा लामो समय क्यामेरा चलाउँदा पनि मोबाइल तात्छ। जिपिएस र गुगल क्यापको प्रयोगले पनि ओभरहिटिङ हुन सक्छ।  
ओभरहिटिङ कसरी हटाउने  ?

मोबाइलमा विभिन्न एप्लिकेसन हुन्छन्। दैनिक प्रयोगमा आउने एप्सबाहेक अरु एप्स अनस्टल गर्ने ।ओभरहिटिङको अवस्थामा मोबाइलमा लगाएको कभर हटाउने तथा एयरप्लेन मोडमा राख्ने साथै मोबाइलको ब्राइटनेस पनि कम गर्नपर्छ। 

स्मार्टफोनका लागि विशेष डिजाइन गरिएका ब्याट्री अप्टिमाइजरको प्रयोग गर्नुपर्छ। बेलाबेलामा गुगल म्याप वा वाइफाइबाट पनि डिस्कनेक्ट गर्नु आवश्यक रहन्छ। 
राम्रो प्रकारको एन्टिभाइरसको प्रयोग गर्न सके ब्याट्री ओभर हिटिङ कम हुनसक्छ। 



प्रतिक्रिया