मंगलबार, चैत २४, २०८२

सन्दीपलाई समर्थन गर्न कप्तान पारस पुगे मेलबर्न मैदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेपाली लेगब्रेक स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सको मैदानमा पुगेका छन् । 

कप्तान खड्का अष्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपलाई समर्थन गर्न मेलबर्न स्टार्सको मैदानमा पुगेका हुन् । 

एक्सपर्ट एजुकेशनको क्रिकेट महोत्सवका लागि अष्ट्रेलिया पुगेका कप्तान पारस सन्दीपलाई समर्थन गर्ने सोमबार मेलबर्न क्रिकेट मैदान पुगेका थिए । मेलबर्न स्टार्सको निमन्त्रणामा अभ्यास स्थल पुगेका कप्तान पारसले सन्दीपसँग अभ्यास समेत गरेका थिए । 

यस्तै कप्तान पारसलाई मेलबर्नले मंगलबार हुने खेल हेर्न निमन्त्रणा समेत गरेका छन् ।  मेलबर्नले मंगलबार डर्बी क्लब मेलबर्न रेनागेड्ससँग खेल्दैछ । 

सन्दीपको टिम मेलबर्नले कप्तान पारसलाई आफ्नो प्लेयर बक्समै बसेर मंगलबार हुने खेल हेर्ने निम्तो दिएको एक्पर्ट्स एजुकेशनले जनाएको छ । 

एक्स्पर्ट क्रिकेट महोत्सव मेलबर्नमा सोमबार सम्पन्न भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।