मंगलबार, चैत २४, २०८२

‘ए’ डिभिजन लिग : १० गोल भएको त्यो खेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा गोलका बर्ष भए । जहाँ जारी लिगमा एक खेलमा अहिले सम्मकै सर्वाधिक गोल भए । सोमबार बिहान भएको एनआरटी र मछिन्द्र क्लबबीचको खेलमा १० गोल भए । 

जो जारी लिगको एउटै खेलमा भएको सर्वाधिक गोल संख्या हो ।  उक्त खेलको पहिलो हाफमा नै दुबै टोलीबाट गरी ८ गोल भएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा दुबै टोलीबाट थप दुई गोल हुँदै एउटै खेलमा सर्वाधिक १० गोल भए । उक्त खेल एनआरटी र मछिन्द्रले ५-५ को बराबरी खेलको थिए । 

पहिलो हाफको चौथो मिनेटमा विदेशी खेलाडी डाइमण्डले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए ।  तर, खेलको नवौं मिनेटमा आत्मघाति गोल मार्फत एनआरटीले गोल १-१ को बराबरी गर्यो । 

दशौ मिनेटमा अनिल गुरुङको क्रसमा विशाल राईले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा पुनः अनिल गुरुङकै पासमा खमिर गिल्सन कन्दङ्वाले गोल गर्दै मछिन्द्रलाई ३-१ को अग्रता दिलाए । 

त्यस्तै ३० औं मिनेटमा खमिरको पासमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ४-१ को अग्रता दिलाए । खेलको ३० मिनेट सकिदा खेलमा ५ गोल भए । पहिलो हाफ सकिन २० मिनेट बाँकी रहँदा थप तीन गोल भए । 

३३ औं मिनेटमा एनआरटीका अशोक थापाले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए । लगत्तै ३४ औं मिनेटमा अशोकले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ४-३ को स्थितिमा पुग्यो ।  त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एनआरटीका सुनिल लामाले पेनाल्टीमा गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । 

दोस्रो हाफमा बिशाल राईले व्यक्तीगत दोस्रो गोल गर्दै मछिन्द्रलाई पुनः ५-१ ले अग्रताच दिलाए । उनले खेलके ६४ औं मिनेटमा गरेका थिए । तर, ८६ औं मिनेटमा एनआरटीले गोल गर्दै खेल ५-५ को राबरीमा ल्याए र अंक बाँडे । 

यस बराबरीसँगै एनआरटी ६ अंक सहित तालिकाको पुछारमा छ भने मछिन्द्र ७ अंक सहित तालिकाको १३ औ स्थानमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।