काठमाडौं- आगामी महिना संयुक्त अरब एमिरेट्स (यूएई)मा हुने भ्रमणकारि सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपालले यूएईसँग ३ वान डे र ३ टी-२० खेल खेल्ने कार्यक्रम रहेको छ ।
जनवरी २५ देखी २८ सम्म वान डे खेल्ने छ भने ३१ जनवरी देखी ३ फेब्रुअरीसम्म टी-२० खेल खेल्ने छ । यसपटक प्रारम्भिक छनोटमा केहि नयाँ अनुहारहरुलाई स्थान दिइएको छ ।
पछिल्लो समय फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक स्थान बनाएका छन् ।
खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अभिनाश बोहोरा, वसन्त रेग्मी, विक्रम सोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख छनोट भएका छन् ।
त्यस्तै प्रदिप ऐरी, रोहित कुमार पौडेलस सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामी र सुशन भारी पनि प्ररम्भिक टोलीमा अटाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४