बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित बाराबंकीमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। बाराबंकीको रामस्नेही घाट कोतवाली इलाकामा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- भारतको उत्तरप्रदेशस्थित बाराबंकीमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। बाराबंकीको रामस्नेही घाट कोतवाली इलाकामा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन्।

National life

हाइवेमा रोकिराखिएको बसलाई तीब्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। स्थानीय प्रहरीका अनुसार बसमा सवार व्यक्ति अधिकांश पन्जाब र हरियाणामा काम गरेर घर फर्किरहेका थिए। 

प्रहरीले बस बिग्रिएकाले बसमा सवार मानिसहरू उत्रिएर बस नजिकै सुतिरहेको जनाएको छ। अझै केही व्यक्ति बस मुनी दबिएका छन्। मृतक संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

- नवभारत टाइम्सबाट

प्रकाशित: Jul 28, 2021| 08:30 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।