सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • शेख हसिनाको पार्टीलाई प्रचण्ड बहुमत, विपक्षीद्वारा बहिष्कार

शेख हसिनाको पार्टीलाई प्रचण्ड बहुमत, विपक्षीद्वारा बहिष्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ ।

बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टीले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ। यस अघिको चुनावमा भन्दा यो पटक पार्टीले अधिक सीटमा विजय निकालेको हो। हसिना सन् २००९ देखि प्रधानमन्त्री छन्। यो संगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् ।

तर मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् ।

मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।