मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टिमका सबै सामान पाइने एन्फा शोरुम दरबारमार्गमा

राष्ट्रिय फुटबल टिमका सबै सामान पाइने एन्फा शोरुम दरबारमार्गमा

खेलकुद सामग्री र कपडा विक्रेता कम्पनी केटीएम सिटीले दरबारमार्गमा राष्ट्रिय फुटबल टिमका सम्पूर्ण सामग्री पाउने शोरुम सञ्चालनमा ल्याएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं – खेलकुद सामग्री र कपडा विक्रेता कम्पनी केटीएम सिटीले दरबारमार्गमा राष्ट्रिय फुटबल टिमका सम्पूर्ण सामग्री पाउने शोरुम सञ्चालनमा ल्याएको छ।

National life

केल्मीले राष्ट्रिय टिमको जर्सी स्पोन्सरबाट हात झिकेपछि अलिख नेपाल फुटबल (एन्फा) सँग जर्सी प्रायोजनमा सहकार्य गरेको केटीएम सीटीले एन्फा शोरुम आइतबार उद्घाटन गरेको हो।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शोरुम उद्घाटन गर्दै देशभर राष्ट्रिय टिमको जर्सी, जुत्ता, ज्याकेट लगायतका सामग्री उपलब्ध हुने गरि शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए। उनले देशको मात्र नभएर फुटबल क्लबले पनि जर्सी शोरुम  स्थापना गर्नुपर्ने बताएका छन्।

उनले केटीएम सिटीले एन्फाको नाम प्रयोग गरेर शोरुम सञ्चालन सम्बन्धी सम्झौताबारे केही दिनपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन्।

‘अहिले चीनबाट सम्पूर्ण सामग्री नआइसकेकाले यसको सबै पक्ष पूरा हुन बाँकी छ। अब सामग्री आइसकेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं,’ उनले भने।

Laxmi sunrise bank
kumari

केटीएम सिटीले गएको चैतमा मात्र एन्फासँगै तीन वर्षको जर्सी प्रायोजनसम्बन्धी सम्झौता गरेको थियो। एन्फाले टेन्डर प्रकृयाबाट केटीएम सिटीलाई जर्सी प्रदान गरेको थियो।

केटीएम सिटी सञ्चालन गरिरहेको शेर्पा आउटडोरले एन्फालाई वार्षिक एक करोड ५० लाख दिने जर्सी प्रायोजनमा उल्लेख थियो। तर शोरुमको सञ्चालन त्यस अन्तर्गत हो वा होइन भन्नेबारे अध्यक्ष शेर्पाले केही दिनपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन्।

केटीएम सिटीको जर्सीमा नेपाली टिमले गएको चैतमा नेपालमै थ्रि नेसन्स कप खेलिसकेको छ।

प्रकाशित: Aug 15, 2021| 15:51 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।