सोमबार, साउन ११, २०८३

सिटी प्रिमियर लिगको दोस्रो स्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी जारी लिगको दोस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा सिटीले साउथह्याम्पटनमाथि ३-१ गोलको सहज जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको हो । 

घरेलुटोलीलाई पराजित गर्न सिटीका डेभिड सिल्भा र सर्जियो अग्युरोले एक एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका जेम्स वार्ड्सले आत्मघाती गोल गर्दा पिएर्रे होज्वजेर्गले एक गोल फर्काए ।

घरेलु टोलीविरुद्ध सिटीले खेलको १० औं मिनेटमा सिल्भाको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ३७ औं मिनेटमा साउथह्याम्पटनका पिएर्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफका अन्तिम मिनेटमा वार्ड्सले आत्मघाती गोल गरेपछि सिटीले पुनः २-१ को अग्रता बनायो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा सिटीले ३-१ को महत्वपूर्ण जित निकाल्यो । 

जितपछि सिटीले २० खेलबाट ४७ अंक जोडेको छ । तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै ७ अंकले पछि छ । लिभरपुलको ५४ अंक छ ।  पराजित साउथह्याम्पटनको १५ अंक छ । अर्को खेलमा बर्नलीले वेष्ट ह्यामलाई २-० ले हराएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।