मंगलबार, चैत २४, २०८२

युभेन्टसको जितमा रोनाल्डो नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- सिरि एमा युभेन्टसले अपराजित यात्रा कायम राख्न सफल भएको छ । इटालिएन क्लबलाई जित दिलाउन स्टार खेलाडी रोनाल्डोले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ३३ औं मिनेटमा साम्प्डोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फाविया काग्लियारेल्लाले पहिलो हाफ खेल १-१ गोलको बराबरीमा पुर्‍याए । दोस्रो हाफमा बलियो भएर मैदान उत्रिएको युभेन्टसले पनि ६५ औं मिनेटमा पेनाल्टी पायो । 

६५औं मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डो रोनाल्डोले गोलमा परिणत गर्दै टिमलाई २-१ को अग्रता दिलाए । आजको खेल सकिएसंगै रोनाल्डोले २०१० भन्दा पछि एउटै बर्षमा ५० भन्दा कम गोल गरेको पहिलो पटक हो । 

उनले यो भन्दा पहिलेका बर्षहरुमा ५० भन्दा धेरै गोल गरेका थिए । रोनाल्डोको यस बर्षको आज अन्तिम खेल पनि हो । इटालियन सिरी एमा युभेन्टस एकमात्र अपराजित टोली हो । 

युभेन्टसले १९ खेलमा दुई बरारबी र १७ जीत निकाल्दै ५३ अंक बनाएको छ । उता साम्प्डोरिया भने २९ अंक सहित पाँचौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।